वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

कालिकोटमा २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः कालीकोटका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत भएका छन्।

कृषि विकास कार्यालय कालिकोटले आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट उनीहरूलाई पुरस्कृत गरेको हो।

मुख्यमन्त्री उत्कृष्ट पुरस्कारअन्तर्गत प्रथम हुने कृषकलाई १० हजार, द्वितीयलाई सात हजार र तृतीयलाई पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

फलफूल, तरकारी, खाद्यान्न बाली, मसला बाली, आलु खेती नगदे बाली, मौरीपालन तथा च्याउ खेती गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा गणेशबहादुर बुढाले जानकारी दिए।

कृषकले गरेको उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनमा कृषकको हितका लागि विभिन्न कार्यक्रम ल्याइने कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटाले बताए।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला समन्वय समितिका प्रमुख धनजीतबहादुर शाहीलगायतले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार