वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ललितपुर, ललितपुर महानगरपालिका-१५ हात्तिवनस्थित सडकमा रोकी राखेको बागमती प्रदेश ०१-००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने २० वर्षीय सुरेश मोक्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित सडकमा को.१ च ७७९१ नम्बरको टाटा सुमोको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ सिमरबन बस्ने ६० वर्षीय दुखिलाल धामीको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-११ दशबिगाह चोकमा भे.१ क १२५  नम्बरको गाडी र भे.४ प ३२५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, दुर्गाभगवती गाउँपालिका-२ भलोहीमा ना.३ त ५३७० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय किशोरी ठाकुरको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा स.४ प १३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दिप नारायण मेहताको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको यूनिक अस्पताल रुपनी हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, कटारी नगरपालिका-४ अडा कुन्नामा प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका-१३ बस्ने १८ वर्षीय विष्णु राउतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार