कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

अन्ततः हिमालयनमा गाभिने नै भयो सिभिल बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हिमालयन बैंकले सिभिल बैंक लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकबीच भएको समझदारीअनुसार हिमालयन बैंकले अब सिभिल बैंकको सेयर प्रतिकित्ता ८१ रुपैयाँका आधारमा कारोबार गर्नेछ ।

प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ । सञ्चालक समिति हिमालयन बैंककै रहने गरी भएको समझदारीअनुरूप समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा बन्नेछन् ।

हाल हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको नौ अर्ब सात करोड रुपैयाँ छ । १००ः८१ का दरले पुँजी समायोजन हुँदा सिभिलको करिब सात अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यसअनुसार नयाँ बन्ने बैंकको पुँजी २० अर्ब ३० करोड रुपैयाँभन्दा माथि हुने देखिएको छ ।

लगानीतर्फ हिमालयन बैंकको एक खर्ब ५८ अर्ब र सिभिल बैंकको ८६ अर्ब ७४ करोड रुपैयाँ छ । निक्षेपतर्फ हिमालयन बैंकको एक खर्ब ७२ अर्ब तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रुपैयाँ रहेको जनाइएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको कुल शाखा संख्या १८९ पुग्नेछ । यस कदमले संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्यक्षमतामा उल्लेख्य प्रगति हुने हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार