असार २९, २०८२ आइतबार July 13, 2025

त्रिविको परीक्षामा लापारबाही गर्ने शिक्षकलाई कार्वाही (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित परीक्षाका प्रश्नपत्रहरुको विभिन्न विवादित विषयमा संलग्न शिक्षकहरुलाई कार्वाही गरीएको छ । व्यवस्थापन संकाय अन्तर्गत बिबिए छैटौं सेमेष्टरको सञ्चालित परीक्षमा लापारबाही गर्ने शिक्षकलाई कार्वाही गरीएको हो ।

व्यवस्थापन संकाय अन्तर्गत बिबिए छैटौं सेमेष्टरको असार २२ गते सञ्चालित परीक्षामा ओर्जिनल बिह्यवियर विषयका परीक्षामा प्रश्न प्रत्र निर्माणकार्ता शिक्षकले मोर्डेन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न हुबहु डीन कार्यलयमा बुझाएको र उक्त परीक्षामा तिनै प्श्न सोधिएको थियो ।

परीक्षा सञ्चालन भइसकेपनि उक्त परीक्षा रद्द गरी पुन साउन १ गते अर्को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै परीक्षाको मर्यादा विपरीत कार्य गर्ने शिक्षकलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा नगराउने निर्णय गरेको छ । त्यसैगरी तीन वर्ष सम्मका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि आंगिक क्याम्पसहरुमा प्रध्यापन कार्यमा समेत संलग्न नगराउने भएको छ ।

त्यसैगरी बिबिए छैटौँ सेमेस्टरकै नेपाल सोसाइटी एण्ड पोल्टिक्स विषयको परीक्षामा सोसोलोजि विजनेससँग सम्बन्धित प्रश्नहरु सोधिएको प्रति पनि विश्वविद्यालयले तीन वर्षसम्म कुनैपनि परीक्षामा र आंगिक क्याम्पसहरुमा प्रध्यापन कार्यमा रोक लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया