काठमाडौंः साताको अन्तिम दिन आज सुनको भाउ ८ सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया