मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

शुक्रबार थप २२९ जना कोरोना सङ्क्रमित, ४८ जना निको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जनामा २ हजार ७४ जनाको एन्टीजेन परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा ४८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ८७  हजार ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १ हजार २८४ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया