असार ३०, २०८२ सोमबार July 14, 2025

फुटबलर एन्जिलालाई लिनिङको साथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी  गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।

ललितपुरको एक रेस्टुरेन्टमामा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो । सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलरक्षक समेत रहेकी एन्जिला र लि निङका सिईओ राज महर्जनले हस्ताक्षर गरे ।

सम्झौतासँगै एन्जिलाले पहिलो वर्ष ट्रयाक सेट पाँच थान, टिसर्ट पाँच थान , जुत्ता पाँच थान र मोजा पाँच थान  प्राप्त गर्नेछिन् । एन्जिलाले यस अवसरमा आफू खुसी भएको र यो सहयोगले झनै खेल्न हौसला हुने बताइन् ।

‘अवसर पाउँदा खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई समेत सहयोग गर्दिनु होला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,’ एन्जिलाले भनिन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य सरिला श्रेष्ठ, पूर्व उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थित थियो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार