असार ३०, २०८२ सोमबार July 14, 2025

एलपीएल सातौँ संस्करण कात्तिक दोस्रो साताबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विद्यालयस्तरीय अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको (एलपीएल) सातौँ संस्करणको आयोजना धनगढीमा आगामी १३ कात्तिकदेखि २६ कात्तिकसम्म हुने घोषणा भएको छ।

विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले  मिति घोषणा गरेको हो।लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्।

यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ । सहभागी  प्रत्येक टिमले ४ जना अन्डर-१९ राष्ट्रिय टिमका खेलाडीहरू समावेश गर्न पाउने प्रावधान छ। लिगको गत संसकरणमा अन्डर-१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनाल सहित आदील अन्सारी, बसिर एहमद सहित यु-१९ राष्ट्रिय क्रिकेटरहरु  सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, विपन रावल, विशाल बिक्रम केसी, सुवास ऐयर, आकाश चन्द, गौतम केसी, खडक बोहरा विभिन्न टिमबाट सहभागी थिए।

२०७३ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको प्रत्यक्ष प्रशारण पहिलो पटक राष्ट्रिय टेलिभिजन टिभी टुडे एच. डी. ले गर्नेछ। यस कदमले प्रतियोगितालाई अझ लोकप्रिय र राष्ट्रव्यापी बनाउने विश्वास आयोजकले लिएको छ। प्रतियोगितालाई नेपाल क्रिकेट संघले समेत मान्यता दिईसकेको छ।

विगतको संस्करणभन्दा यस पटक प्रतियोगितालाई थपस्तरीय बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ। ‘सहभागी १० टिमहरुलाई दुई समूहमा विभाजन गरिनेछ, जसकारण एउटा टिमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयहरुभित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुनेछ ।’ लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन्।

प्रतियोगिताको गत संस्करणको उपाधि सन्तोष कार्की कप्तानीको सत्यवती एकेडेमीले जितेको छ। उसले फाइनलमा शेर मल्ल कप्तानीको विद्या भुषण स्कुललाई १६१ रनको विशाल अन्तरले पराजित गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार