असार ३०, २०८२ सोमबार July 14, 2025

नेकोसको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको व्यवस्थापनमा शुक्रबारदेखि इलाममा तीन दिने ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ । कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । कार्यक्रम तीन दिनसम्म चल्ने नेकोसका सहसचिव चेतनाथ पौडेलले बताए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । उनले जिल्लामै पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोसलाई धन्यवाद दिए । साथै उनले इलाममा  २०४२-४३ तिर क्रिकेट भित्रिए पनि यो खेलको विकास विस्तार हुन नसकेको अवस्थामा यस कार्यक्रमले जिल्लामा क्रिकेट गतिविधि बढने विश्वास व्यक्त गरे ।

नेकोसका अध्यक्ष बिप्लभ घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने बताए ।

नेकोस राष्ट्रिय क्रिकेट संघको मूल उद्देश्य नै ग्रासरुट क्रिकेटलाई माथि उठाउने तथा विभिन्न जिल्लामा क्रिकेट गतिविधिहरू सञ्चालन गर्ने अध्यक्ष घोषले बताए । उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भए पनि महिला क्रिकेट प्रतियोगिता कम आयोजना भएको हुँदा निकट भविष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए ।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धिबहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोरर पाउने आशा ब्यक्त गरे । उनले यस्ता कार्यक्रमहरू देशका विभिन्न ठाउँमा आयोजना हुनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पाएको अनुभव यो कार्यक्रममा साझा गर्न पाउँदा गर्व लागेको उनले बताए । कार्यक्रममा आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधानसहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन् । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार