असार २९, २०८२ आइतबार July 13, 2025

विपन्न विद्यार्थीलाई सहयाेग गर्ने नवदम्पतीको घाेषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटाैती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयाेग घाेषणा गरेका छन् ।

शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेकाे जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरी एक लाखकाे अक्षयकाेष घाेषणा गरेका हुन् ।

लामाे समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिका आर्थिक अभावमा पढाइ छाेड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगाेस् भन्ने मनसायका साथ अनावश्यक खर्च कटाैती गरी सहयाेग गरेकाे बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया