काठमाडौंः राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आइपिओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निष्कासन गरिएको हो।
कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओमा लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया