असार ३०, २०८२ सोमबार July 14, 2025

विश्वकप क्रिकेट लिग दुईः नेपाल नामिबियासँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइसिसी पुरुष विश्वकप लिग दुई त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पाजित भएको छ । स्कटल्याण्डको कम्बसदुन न्यू ग्राउन्ड, एयरमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । जारी सिरिजमा यसअघि भएको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नामिबियाले जितका लागि नेपाललाई २०० रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए । रोहित पौडेलले १७ तथा पवन सर्राफ १० रनमा अविजित रहे । आरिफ शेखले चार रन तथा देव खनाल र सोमपाल कामीले एक–एक रन जोडे भने कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।

नामिबियाका बेर्नार्ड स्कोल्ट्जले पाँच विकेट लिए भने जान फ्राइलिङ्कले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए । बसिर अहमेदले एक विकेट लिए । सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले आज स्कटल्याण्डसँग खेल्नेछ । यसअघि भएको खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।

यसैगरी यस हारसँगै नेपाल लिग दुईको अङ्क तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । नामिबिया भने १८ खेलमा १८ अङ्क जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार