असार २४, २०८२ मंगलबार July 8, 2025

यौन सम्पर्कको समयमा कण्डम फुट्ने समस्याबाट यसरी पाउनुहोस् छुटकारा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुरक्षित यौनसम्बन्धको लागि, सुरक्षित सामग्रीको प्रयोगमा ध्यान दिइन्छ । तर, यति गर्दा गर्दै पनि यौनसम्पर्कको क्रममा कण्डम फुट्ने गर्दछ । जसका कारण यौनजीवनको आनन्द लिन गाह्रो हुन्छ । यौनसम्पर्कको बेलामा कण्डम फुट्ने धेरै कारणहरू छन् ।

एकै समयमा दुई कण्डमको प्रयोग गर्दा

यौनसम्पर्कको समयमा दुई कन्डमको प्रयोग गर्नु ठूलो गल्ती हुन सक्छ । कण्डमलाई एक पटकमा एउटा मात्र प्रयोग गर्ने गरी डिजाइन गरिएको हुन्छ । जब दुई वटा कण्डमलाई एकैपल्ट प्रयोग गर्दा घर्षणका कारण बिग्रन्छ र क्षति हने सम्भावना बढी हुन्छ ।

कण्डमलाई चिसोमा भण्डार गर्दा

यिनीहरूलाई प्रत्यक्ष सूर्यको लाइटबाट जोगाउनुपर्दछ । साथै, यसलाई धेरै चिसो ठाउँमा राख्नुपर्दछ ।

तेलयुक्त ल्युबको प्रयोग नगर्नुहोस्

भेसलिन, नरिवलको तेल वा कुनै पनि लोसनलाई लुब्रिकेन्टको रूपमा प्रयोग नगर्नुहोस् । यसको प्रयोगले कण्डम फुट्न सक्छ।

सही साइजको छनोट

सही अनुभवको लागि कण्डमको सहि साइज हुनु अति महत्वपूर्ण छ । यदि, तपाईं यसको फिटिंगमा असहज महसुस गर्नुहुन्छ भने, आफ्नो पार्टनरसँगको आनन्द लिन सक्नुहुन्न । साथै, फिट नहुने कण्डम फुट्ने सम्भावना पनि धेरै हुन्छ ।

कण्डम लगाउने सही तरिका

कण्डमको प्रयोगमा गल्ती हुँदा पनि कण्डम फुट्ने सम्भावना बढी हुन्छ । त्यसैले, कण्डमलाई सही तरिकाबाट लगाउनु आवश्यक पर्दछ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया