असार २५, २०८२ बुधबार July 9, 2025

गच्छदारको विषयलाई लिएर संसद् अवरोध नगर्ने कांग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको आरोपमा लगाउँदै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले आजबाट अवरोध नगर्ने भएको छ। यसअघि कांग्रेसले लगातार संसद बैठक तीनपटक अवरोध गरेको थियो।

नेपाली कांग्रेसको संसदीय दलको म‌गलबार बसेको बैठकले गच्छदारविरुद्धका मुद्दालाई राजनीतिक र कानुनीरुपमा जारी राख्ने भए पनि संसद अवरोध भने हटाउने निर्णय गरेको हो।

‘गच्छदारविरुद्ध राजनीतिक प्रतिशोधको आधारमा जुन मुद्दा लगाइएको छ। त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँ जारी राख्ने भए पनि संसद अवरोध भने हटाउने निर्णय गरेको छ,’ कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले भनिन्।

गत आइतबार कांग्रेसले तेस्रोपटक प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो। आइतबार दिउँसो १ः४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्नसाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए।

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार