असार २४, २०८२ मंगलबार July 8, 2025

गर्भमा छोरा कि छोरी यसरी पता लगाऔं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गर्भमा रहेको बच्चा छोरा वा हो छोरी ? गर्भवतीको शारीरिक स्थिति वा अन्य कुनै संकेतबाट त्यसको छिनोफानो गर्न सकिएला ?  जब तपाईं गर्भवती हुनुहुन्छ, परिवार र वरिपरिका धेरै व्यक्तिहरूले तपाईंलाई सल्लाह दिन्छन् वा कथाहरू सुनाउन थाल्छन् ।

केही व्यक्तिले त तपाईंको पेटमा रहेको बच्चा छोरा छ कि छोरी छ भनेर समेत अनुमान लगाउन भ्याउँछन् । जहाँसम्म यसरी अवैज्ञानिक तरिकाले बच्चाको लिंगको आकलन गर्ने रोचक तरिका छ त्यसलाई धेरैले विश्वास गर्न पनि सक्छन् ।  तर केही रोचक र सामान्य किंवदन्तीहरू छन् जसले पेटमा रहेको बच्चा केटा हो या केटी हो ? भन्ने संकेत गर्ने गरिन्छ । तर त्यसमा सत्यता भने नरहेको जानकारहरू बताउँछन् ।

मुटुको धड्कन सुन्नुहोस्

भनिन्छ, यदि एक भ्रुणको मुटुको धड्कन प्रत्येक मिनेट १४०–१६० भन्दा धेरै पटक धड्कियो भने पेटमा छोरी छ भन्ने आकलन गर्दा हुन्छ । यद्यपि विज्ञानले भ्रुणको लिङ्ग मुटुको धड्कनसँग सम्बन्धित छ भन्ने कुरालाई स्वीकार भने गरेको छैन । सामान्यतया भ्रुणको मुटुको धड्कन १२०– १६० बीपीएमको बीचमा हुन्छ, जुन जन्मभन्दा पहिले घट्न सक्छ ।

बिहानमा देखिने बिरामीको लक्षण 

केही व्यक्तिहरू गर्भवतीलाई बिहान देखापर्ने बिरामीको लक्षणलाई छोरी जन्मिने संकेतको रुपमा मान्छन् । जबकि विज्ञानले यो गर्भावस्थाको समयमा हर्मोनल परिवर्तनका कारणले हुने लक्षण मान्छ ।

उच्च गर्भावस्था

जानकारहरुका अनुसार यदि केटीहरूको पेट माथितिर उठेको खालको देखिन्छ भने त्यो छोरी जन्मने लक्षण हो भने तलतिर झुलेको जस्तो देखिनु छोरा पाउने संकेत हो । पेट गोलाकार आकृतिमा हुनु पनि छोरी भएको संकेत हो । यद्यपि यो धारणा पूर्ण रूपमा गलत छ । गर्भावस्थामा रहेको बच्चा पेटको आकारमा नभई फ्याट, मांसपेशीहरूको आकार र भ्रुणको स्थितिले निर्भर गर्छ।

छालाको परिवर्तन

केही मानिसहरू छाला धेरै चिल्लो भयो भने त्यो छोरी जन्मिने संकेत हो भन्ने गर्छन्। यद्यपि विज्ञान अनुसार यो हर्मोनल परिवर्तनका कारणले हुने बदलाव हो।

मुड परिवर्तन

गर्भावस्थामा हर्मोनमा हुने परिवर्तनका कारण महिलाहरूको मुड परिवर्तन हुँदै जान्छ। तर केही व्यक्तिहरू यसलाई छोरी जन्मिने संकेतको रूपमा पनि लिने गर्छन् । यसमा पनि वैज्ञानिक तथ्य भने छैन।

स्तनको आकारमा परिवर्तन

यो विश्वास गरिन्छ कि गर्भवतीको बायाँ स्तन दायाँभन्दा अलिक ठूलो देखियो भने यो छोरी जन्मने संकेत हो र अन्यथा छोरा जन्मिने संकेत हो । विज्ञानले दुग्ध उत्पादन र हार्मोनल परिवर्तनहरूका कारण गर्भावस्थामा स्तनको आकार बढ्ने उल्लेख गरेको छ।

महिला एकापट्टि फर्किएर सुत्नु

यो पनि विश्वास गरिन्छ कि यदि तपाईं आफ्नो गर्भावस्थामा दायाँपट्टि सुतेको महिलालाई देख्नुभयो भने सम्भवतः त्यो बच्चा छोरी हो भन्ने मानिन्छ । यद्यपि यो पनि सत्य होइन किनकि गर्भवती महिलाले पेटको बढेको कारण आफ्नो सुताइको स्थिति परिवर्तन गर्नु स्वाभाविक हो । यस्तो अवस्थामा सुत्न महिलाहरूले सहज महसुस गर्छन्।

पिसाबको रंगमा परिवर्तन हुनु

यदि तपाईं गर्भावस्थामा पहेँलो रंगको पिसाब फेर्नुहुन्छ भने तपाईंको छोरी हुने सम्भावना हुन्छ। वास्तवमा पिसाबको रंग बच्चाको लिंगसँग सम्बन्धित भने हुँदैन । तर पिसाबको हल्का रंग डिहाइड्रेसनको संकेत भने हो।

गुलियो खानेकुराको लालसा

एक आमधारणा यो छ कि जब गर्भवती महिलाले चकलेट र आइसक्रिम जस्ता गुलियो खानेकुरा धेरै खान्छन् भने उनीहरुको पेटमा छोरी छ भन्ने आकलन गरिन्छ । गर्भावस्थामा यस्तो हार्मोनल परिवर्तन पोषणको कमीका कारण हुन सक्छ। यसबाहेक, गर्भमा केटा वा केटीमध्ये के छ भनेर केही हास्यास्पद तरिकाले पनि भविष्यवाणी गर्ने गर्छन्।-महिला स्वास्थ्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार