असार ३०, २०८२ सोमबार July 14, 2025

त्रिदेशीय शृंखलाको अन्तिम खेलः स्कटल्यान्डसँग नेपालको लज्जास्पद हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खराव ब्याटिङले निरन्तरता पाउँदा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले लजास्पद हार बेहोरेको छ ।

टिटउड क्रिकेट मैदानमा सम्पन्न खेलमा स्कटल्यान्डले नेपाललाई आठ विकेटले पराजित गरेको हो । हारसँगै नेपालको स्कटल्यान्ड भ्रमण टुगिंएको छ ।

टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २८ रनको योगफल तयार गरेको थियो । एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्यान्डले १९ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो ।

स्कटल्यान्डको जितमा ओपनर क्यालम म्याकलियोडले सर्वाधिक ६४ रन बनाए । उनले २८ बलमा १० चौका र तीन छक्का प्रहार गरे । यसबाहेक, किल कोएट्जर ४४ र क्रिस्टोफर म्याकव्रिडले १० रन बनाए । कप्तान रिची बेरिङ्टन ४ रनमा अविजित रहे ।

म्याकलियोड र कोएट्जरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै स्कटल्यान्डलाई सहज जिततर्फ उन्मुख गराएका थिए । नेपालका कप्तान सन्दीप लामिछानेले र सोमपाल कामीले एक-एक विकेट लिए ।

यसअघि नेपालको ब्याटिङमा ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाएका थिए । यस्तै, कप्तान सन्दीप लामिछानले २२ रन बनाउनुबाहेक नेपालको कुनै पनि ब्याटरको इनिङ सम्झनलायक रहेन ।

नेपालका अर्का ओपनर कुशल भुर्तेल तीन रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका देव खनाल १० रनमा पभेलियन फर्किए ।

यस्तै, चौथो नम्बरका रोहित पौडेल पनि १० रनमा आउट हुँदा पाँचौ नम्बरका दीपेन्द्रसिंह ऐरीले पनि टिमको खातामा सात रनमात्र थप्न सके ।

यसबाहेक, विनोद भण्डारीले १३ रन जोड्दा करण केसी सात रनमा आउट भएका थिए । आरिफ शेख डक भएका थिए । सोमपाल कामी सात रनमा आउट हुँदा डेब्युट्यान्ट किशोर महतो सुन्य रनमा अविजित रहेका थिए ।

नेपाललाई सस्तैमा समेट्न स्कटल्याडका हम्जा ताहिरले चार विकेट लिए । यस्तै मार्क वाटले तीन विकेट  र गाभिन मेनले दुई विकेट लिँदा क्रिस्टोफर म्याकब्राइडले एक विकेट लिए ।

लिग २ अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाली टिमले चार खेलमध्ये तीन खेलमा हार बेहोर्दा एक खेलमा जित निकाल्यो ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा स्टकल्यान्डलाई पाँच विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुन नामिबियासँग ६३ रनले पराजित भएको थियो । लिग तालिकाको १९ खेलमा १७ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार