काठमाडाैंः नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ।
साेमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार पुगेको छ।
पहेंलो धातु आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार १०० थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले बढेर एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया