कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः  सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गकाे आवश्यकता र मागलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहक वर्गलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम् १० हजार जम्मा गरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस मुद्दती खातामा ग्राहकवर्गले बैंकद्वारा तोकिएको समयावधिपछि आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यसका अतिरिक्त, ग्राहक वर्गले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधासमेत प्राप्त गर्न सक्नेछन् । ग्राहक वर्गलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्कलाग्ने छैन । सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयबाट सहजै यो मुद्दती खाता खोल्न सकिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार