असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेसले अवरुद्ध पार्दै आएको संसद बैठक खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पार्दै आएको संसद बैठक खुला गरेको छ। मंगलबार संसदीय दलको बैठकको निर्णयअनुसार सचेतक पुष्पा भुसालले बोलेर संसदको अवरोध छाडेका हुन्।

कांग्रेसले बिहीबारदेखि आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा लगाएको भन्दै अवरोध गर्दै आएको थियो। भुसालले संसदमा बोल्दै अख्तियार जस्तो संवैधानिक निकायले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाएको भन्दै आपत्ति जनाइन्।

संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र विधिको शासनलाई उच्च सम्मान गर्ने भएकाले कांग्रेस लामो समय संसद अवरोध गर्न नचाहेको उल्लेख गरिन्। उनले संविधानको धारा १०५ मा अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल गर्न नपाइने व्यवस्थालाई समेत कांग्रेसले सम्मान गर्न चाहेको भुसालले बताइन्।

उनले भनिन्, ‘संविधानको धारा १०५ ले अदालतमा विचाराधीन अवस्था रहेको विषयमा छलफल गर्न पाइँदैन भन्ने व्यवस्था गरेको छ। त्यसलाई सभामुख ज्यूले समेत सम्झाउनुभयो। न्यायपालिकाको स्वतन्त्रता, संसदीय सर्वोच्चलाई कांग्रेसले स्वीकार गरेको छ। त्यसकारण आजदेखि अवरोध हटाउन चाहन्छौँ।’ उनले अख्तियारलाई कांग्रेसले नजिकबाट नियाली रहको भन्दै घुमाउरो ढंगले बदलालिने संकेत गरिन्।

‘संवैधानिक मूल्यमान्यता विपरीत सरकारको निर्देशनमा काम गर्छ भने कांग्रेसले अख्तियारलाई नजिकबाट नियालीरहेको छ। संसदले पनि त्यस्ता निकायलाई हेर्नुपर्छ, उनले भनिन्। यसअघि गएको साउन पनि कांग्रेस विलप्वका नेता कुमार पौडेलको प्रहरीले इण्काउन्टरको बहानामा हत्या गरेको भन्दै संसद अवरोध गरेको थियो।

चौतर्फी आलोचनापछि नेकपा संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा संसद अवरोधबारे अध्ययन गर्ने सहमति गर्दै कांग्रेसले अवरोध खोलेको थियो। यसपटक पनि कांग्रेसले तीन दिन संसद अवरोध गरेर पछि हटेका हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार