असार २९, २०८२ आइतबार July 13, 2025

शिक्षक पद घटुवा गरी विज्ञापन गर्ने प्रधानाध्यापकलाई कारबाही गर्न हिस्टुनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले सामुदायिक उच्च मावि तहमा शिक्षक पदपुर्तिका लागि गरीएको विज्ञापन र प्रक्रिया नियम विपरीत भएको भन्दै विरोध जनाएको छ ।

सुर्खेतको विरेन्द्रनगर स्थित श्री जन नमुना माध्यमिक विद्यालयले सामुदायिक उच्च मावि तहमा शिक्षक छनोट सम्बन्धी गरेको विज्ञापन र प्रक्रिया नियम विपरीत भएको भन्दै विरोध जनाएको हो ।

हिस्टुनले आज प्रस विज्ञप्ति जारी गर्दै सामुदायिक उच्च मावि तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१ को दफा ३.३ को उपदफा क अनुसार स्नातकोत्तर उर्तीर्ण शिक्षकहरु साथै शिक्षा ऐनको आठौं संशोधनको दफा ३९ अनुसार मावि द्वितीय श्रेणीका शिक्षक भएकाले सोही व्यवस्था अनुसार हुनुपर्नेमा शिक्षक छनोट सम्बन्धी गरेको विज्ञापन र प्रक्रिया नियम विपरीत भएको जनाएको छ ।

साथै यसरी उक्त शिक्षक छनोट सम्बन्धी गरेको विज्ञापन र प्रक्रिया तत्काल खारेज गरी नियम विपरीत शिक्षक पदलाई घटुवा गरी नियमानुसार सरकारबाट निकासा हुने तलब भत्ता समेतमा गलत अभ्यास लाद्न कुचेस्टा गर्नेलाई कारबाही गर्न आग्रह गरेको छ ।

श्री जन नमुना माध्यमिक विद्यालयले असार तीन गते (साविक उच्च मावि) तृतीय श्रेणी अन्तर्गत शिक्षकको अस्थायी करार रिक्त दरबन्दीका लागि एम.एस्सी उत्र्तीण हुनुपर्ने भन्दै शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन गरेको थियो । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया