असार २४, २०८२ मंगलबार July 8, 2025

किन रक्सी खाएर मातिन्छन् मान्छे ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नशामा मात्तिने बाँदरलाई ध्यानमा राख्दै अमेरिकी वैज्ञानिकहरू अब मानिसहरू किन यति धेरै रक्सी मन पराउँछन् भन्ने कुरा पत्ता लगाउन खोजिरहेका छन् ।यसका लागि उनले ब्ल्याक ह्यान्डेड स्पाइडर बाँदरमा अनुसन्धान सुरु गरेका छन् ।

पानामा ब्ल्याक ह्यान्डेड स्पाइडर नामक बाँदरको प्रजातिलाई पामको फल मन पर्छ । यो फल खाएपछि उनीहरूलाई नशा लाग्छ । पामको फलमा इथानोल नामक अल्कोहल हुन्छ, जसका कारण बाँदरलाई खाएपछि निन्द्रा लाग्छ ।

अनुसन्धानकर्ताहरूले दुईवटा स्पाइडर बाँदरको पिसाबको नमूना लिएका थिए । परीक्षण गर्दा पिसाबमा इथानोल भएको प्रमाण भेटिएको थियो । बाँदरको शरीरले इथानोललाई पचाएर प्रयोग गर्ने गरेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले मदिरालाई आफ्नो थकान मेटाउने र निद्राको माध्यम बनाएका छन् ।

नर्थरिज क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी वैज्ञानिक क्रिस्टिना क्याम्पबेलका अनुसार जङ्गलमा बस्ने बाँदरहरू नसामा हुने कुरा पहिलो पटक सन् २००० मा जीवविज्ञानी रोबर्ट डडलीले रिपोर्ट गरेका थिए । बाँदर रक्सीको स्वाद र गन्धमा आकर्षित हुने डुडले बताउँछन् । बादँरहरूले यस्ता फलहरू चिनेर खान्छन् ।

अनुसन्धानमा समावेश गरिएका बाँदरहरूलाई इथानोल भएको फलफूल खुवाउने प्रयास गरिएको थियो । बाँदरहरूले यी फलहरूबाट आफूलाई टाढा राखे । तर, बाँदरहरूलाई जङ्गलमा छोड्दा उनीहरू आफैँले पाम फल पत्ता लगाएर खान थाले । बाँदरहरूले नशाको लागि मात्र नभएर पाचनलाई स्वस्थ राख्न राख्छ।

साथै, ऊर्जाको स्तर बढाउनको लागि इथानोल युक्त फर्मेन्सटेड फलफूल खान रुचाउने गरेको अध्ययनले देखाएको छ । क्रिस्टिनाको अनुसार मानिसको सोच पनि बाँदरको जस्तो हुनसक्छ । मानिसहरू पनि शरीरको ऊर्जा बढाउन र थकान हटाउन रक्सीको सेवन गर्न रुचाउँछन् । मध्य र दक्षिण अमेरिकाका स्थानीय मानिसहरूले पामको फल प्रयोग गर्छन् ।

फरमेन्टेड फलफूलको सेवनले शरीरलाई शक्ति प्रदान हुन्छ । करोडौँ वर्षमा बाँदरबाट मानिसमा क्रमविकासको गुणहरू सरेको वैज्ञानिकहरू विश्वास गर्छन् । मानिस, चिम्पान्जी, बोनोबोस र गोरिल्लाको जीन धेरै समान हुन्छ । जसकारण बाँदर होस् वा मानिस सबैलाई रक्सी मन पर्छ। -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार