जेठ ७, २०८१ सोमबार May 20, 2024

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस आजको राशिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आजको पात्रोः ३ साउन २०७९, मंगलबार । तद्नुसार जुलाई महिनाको १९ तारिक २०२२ । श्रावणकृष्णपक्ष षष्ठी, वणिज करण, उत्तरभाद्रपदा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा मीन राशिमा रहेको छ । आजको देवता र ग्रहदेव चन्द्र रहेको छ । मंगलबारको दिन श्री गणेश र हुनमानको साधना र आरधना गर्ने दिन हो । आज विहान सूर्योदय ५ः१९ मा हुनेछ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आज ११ः४३ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ भने ३ः३६ देखि ५ः१८ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्दा राम्रो हुनेछ । साउन महिना शिवको प्रिय महिना हो यो महिनामा शिवालयको दर्शन मात्रले मनका इच्छा पूरा हुने भन्ने आत्मिक विश्वास रहेको छ ।

आजको राशिफलः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकका लागि  मंगलवारको दिन मनमा खुसियाली छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । आजको दिन तपाईले बजारमा सामान खरिद नगर्दा हुन्छ । बिहान सूर्य नारायणको दर्शन गर्नहोला । गणेशको दर्शन गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ ।  आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ ।  यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ । मौन बसेर काम गर्दा हुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको लागि आजको दिन अनुकूल देखिन्छ । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ ।

 सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आज बिहानै सूर्योदयको दर्शन गर्नुहोला । आज तपाईले गरेका कामहरु सफल हुनेछ । विहान गणेशको ध्यान र पूजा वा गणेश मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ । कसैसँग पनि बैरभाव नराखीकन काम गर्नु उत्तम हुनेछ । साताको सबैभन्दा महत्वपूर्ण र राम्रो दिन मानेर कार्य गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार ब्याबसायबाट लाभप्राप्त हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा सन्तानलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। कसैसँग पनि भैरभाव नराख्नुहोला ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा परिवारका सदस्यलाई  दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको  फाइदा मिल्नेछ । सिर्जनात्मक काममा लागिरहनु उत्तम हुनेछ । आज तपाईले शिवालयको दर्शनका लागि जानुहोला ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया