कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेपालबाट पहिलो पटक टिएमटी फलामे छड भारत निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालबाट पहिलो पटक टिएमटी स्टील भारत निर्यात गर्न शुरु गरिएको छ । सरकारले छड, सिमेन्ट, लगाएतका बस्तु निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने नीति लिएपछि छड निर्यात शुरु भएको हो ।

रुपन्देहीको श्री स्टीलले नेपालमै पहिलो पटक टिएमटी स्टील भारत निर्यात सुरु गरेको हो । यसभन्दा पहिले सिमेन्टको भारतमा निर्यात हुन थालिसकेको थियो ।

श्री स्टीलले निर्यातको उद्घाटन गर्दै ३५ टन छड सहितको एउटा ट्रक बेलहिया नाका हुँदै भारत निर्यात गरेको हो । भारतीय बजारको माग अनुसार डण्डी निर्यात बढाउने श्री स्टील प्रालीका सन्चालक राजेश अग्रवालले जानकारी दिनुभयो । उहाँले सरकारले बजेटमा ल्याएको निर्यात नीति अनुसार निर्यात सुरु गरिएको बताउनु भयो ।

अग्रवालले छड निर्यातले नेपाल भारत बिचको ब्यपार घाटा केही हदसम्म कम गर्ने बताउनु भयो । उहाँले बर्षको १५ लाख मेट्रीक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको बताउनु भयो ।

केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टील्स टिएमटी छड उत्पादन गर्दै आएको प्रालीका ब्राण्ड म्यानेजर दिपक शाहले जानकारी दिनुभयो ।

कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार