असार ३०, २०८२ सोमबार July 14, 2025

नेपालले अन्तराष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नु पर्छ : मन्त्री गहतराज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ५ साउन । ‘नेपालले अन्तराष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नु पर्छ, १९ औं एशियाली खेलकुदको तयारीका लागि एक बर्ष छ यो हाम्रो लागि तयारी गर्ने सुखद अवसर हो’ युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले १९ औं एशियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पुरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका अवसरमा बताएका हुन् ।

सुखद नतिजाका लागि अहिले विनियोजित तयारी बजेटलाई बढाउन सकिने उनले बताए । सिंहदरवारले खेल नवुझेको भन्दै खेल एक विज्ञान भएको र खेल शिक्षामा परिवर्तन गर्दै स्कुल स्तरबाटनै खेलकुदलाई विकास गर्नु पर्ने भन्दै सिंहदरवारलाई खेल बुझाउनु पर्ने बताए ।

खेल विश्वबिद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्ने तर्फ सोच अगाडी बढेको बताए । खेल विकासका लागि सातै प्रदेशमा अन्तराष्ट्रिय खेल मैदान बनाउने सोचले आगाडी बढेको र भएका पूर्वाधारलाई प्रार्थमिकताका साथ अगाडी बढाउने लक्ष रहेको बताए ।

खेलाडीको मनोबल बढाउने उद्धेश्यले पुरस्कार सम्मान बढाउने तर्फ अग्रसर रहेको र राष्ट्रबाट प्रदान गरिने पदकहरु खेलाडी र प्रशिक्षकहरुले प्राप्त गर्ने आधार तयार गरिने र खेलाडीले आगामी दिनमा पदक हासिल गरेबापत कसैको निगाहबाट नभई कानूनी प्रावधान बनाएर पुरस्कार रासीको निर्धारण गरिने बताए ।

मन्त्री गहतराजले एशियन गेममा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले ३२ लाख ५० हजार, रजत १९ लाख ५० हजार र कास्य पदकलाई १३ लाख प्राप्त गर्ने कानूनत रुपमा निर्णय हुने र अन्य प्रतियोगितामा पनि त्यही अनुरुप प्राप्त गर्न सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एशियाली खेलकुदमा अहिले सम्म अपेक्षित सुखद नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजा तर्फ अग्रसर हुने र त्यसका लागि खेलाडीहरुले पनि गम्भिर भएर लाग्नु पर्ने बताए ।

मन्त्री श्रेष्ठले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

परिषदका उपाध्यक्ष शिव कोईरालाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने क्रममा हरेक बिजयहरु थकाई मार्नका मात्र होईन नयाँ उचाई लिनका लागि पनि हो । यस पुनतार्जगी कार्यक्रमले खेलाडीहरुलाई अझ खारिएर अगाडी बढाउन सक्षम हुने भन्दै परिषदले सोचेको परिणाम खेलाडीहरुले दिनेमा बिश्वस्त रहेको बताए ।

उनले खेलाडीहरुलाई पदक हासिल गरेर यो भन्दा भब्य कार्यक्रममा सरिक भएको हेर्न चाहेको बताए ।मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एशियन गेममा नेपाली खेलाडीहरुले सुन्दर परिणाम प्राप्त गर्नेमा बिस्वस्त रहेको बताए ।

नेपाली खेलाडीहरु हरेक समय सेना जस्तै तयारी अवस्थामा रहनु पर्ने भन्दै त्यसैका लागि अहिलेको प्रशिक्षण सुरु भएको हो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले बताए ।

उनले एशियन गेमका लागि अझै १ बर्ष बढि बाँकी रहेको भन्दै यो समयमा विभिन्न प्रतियोगिता आयोजना हुने भन्दै खेलाडी त्यसका लागि सदा तयार रहनु पर्ने बताए ।

खेलाडीहरुले १४ महिना नभई १४ सेकेन्ड बाँकी छ भनेर प्रशिक्षमा लाग्नु पर्ने उनले बताए । उनले एशियाली खेलकुदका लागि यो छनौटनै अन्तिम नभएको भन्दै विभिन्न चरणका छनौट पार गरेर एशियन प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्ने खेलाडीको छनोट हुने बताए ।

विभिन्न अन्तराष्ट्रिय खेल प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराउने भन्दै त्यसबाट प्राप्त नतिजालाई आधार बनाउँदै अन्तिम छनोट गरिने र निरन्तर प्रशिक्षण संचालन हुने बताए ।

१९ औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका खेलाडीहरुका लागि पुनर्ताजगी कार्यक्रमका अवसरमा रात्री भोजको पनि आयोजना गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार