असार २४, २०८२ मंगलबार July 8, 2025

सिन्धुपाल्चोकमा कोरोनाको गलत हल्ला, सामान्य रुघाखोकी : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भाइरसको आशंका गरेर गलत हल्ला फैलाइएको बताएको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बुधबार बिहान कुरा गर्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी भएको कुनै कोरानाको संक्रमण नभएको दाबी गरेका हुन्।

गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म २ सयभन्दा बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन्।

यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ। यसैलाई आधार बनाएर अहिले सञ्चारमाध्यममा कोरोना संक्रमणको आशंका भनेर समाचारहरू आइरेहेका छन्।

‘जुगल गाउँपालिकामा रुघाखोकीको भाइरल फैलिएको हामीलाई जानकारी आइसकेको छ,’ बुधबार बिहान उनले भने, ‘यो कुनै कोरोना-सोरोना होइन, सामान्य रुघाखोकी हो, गलत हैला फैलाएर मानिसलाई आतंकित बनाउने काम भएको छ ।’

अहिले प्रभावित स्थलमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको उनले जानकारी दिएका छन।

‘यस्तो रुघाखोकी अहिले नेपालका विभिन्न स्थानमा फैलिएको छ, विशेषगरी हिमाली भेगमा चिसोका कारण यस्तो संक्रमण फैलिएको हो,’ उनले भने, ‘हुम्लामा पनि यस्तै रुघाखोकीले निकै मानिस मरेका होइनन् ? त्यो कोरोना थियो त ?’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार