मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सोमबार थप ५६८ जनामा कोरोना पुष्टिः एकको मृत्यु, ९५ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको कोरोना परीक्षण गर्दा ५ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

अहिले देशभर  सक्रिय संक्रमितको संख्या तीन हजार ५ सय ३४  पुगेको छ भने ९५ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया