काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीहरूसँग बीच छलफल गर्नुभएको हो ।
मङ्गलवार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभयो । त्यस अवसरमा खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा ढिलाइ भएकोबारे मन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीहरूसँग सुझाव माग्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया