असार ३०, २०८२ सोमबार July 14, 2025

मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ४४औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ ।

भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिनुभएको हो ।

सन् २००४ मा स्पेनमा सम्पन्न ३६औँ बुद्धिचाल ओलम्पियाडदेखि लगातार सहभागी नेपालको पुरुष टोलीमा पुरुषोतम चौलागाईं, रुपेश जयसवाल, क्षितीज भण्डारी, विवेक थिङ र मिलन लामा रहेका छन् । धनबहादुर बोगटीले नेपाली टोलीको नेतृत्व गर्नेछन् ।

त्यसैगरी सन् २०१४ मा नर्वेमा सम्पन्न ४१औँ बुद्धिचाल ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल छन् ।

महिला टोलीको जिम्मेवारी भने भुपेन्द्र निरौलाले पाएका छन् । टोली व्यवस्थापक रुपमा नेपाल बुद्धिचाल सङ्घका महासचिव धरमबहादुर लामा रहेका छन् । सङ्घका सचिवद्वय उमेश केसी र मोनालिशा खम्बु ४४औँ बुद्धिचाल ओलम्पियाडमा आर्विटरका रुपमा सहभागी हुँदैछन् ।

त्यसैगरी यही साउन १५ देखि २४ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ९३औँ फिडे कंग्रेसमा नेपालका तर्फबाट नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् ।

कंग्रेसले फिडेको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्नेछ । कंग्रेसअन्तर्गत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल, कोषाध्यक्ष ज्ञानेन्द्र महर्जनसहितको टोली बुधबार चेन्नई प्रस्थान गर्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार