चैत्र १५, २०८० बिहिबार March 28, 2024

कपाल फुलेर हैरान हुनुहुन्छ ? त्यसो भए यी उपायहरु अपनाउनुस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन् कपाल फुल्नबाट रोक्ने केही उपायहरु ।

– कपाल फुल्नबाट रोक्नका लागि सन्तुलित भोजन आवश्यक पर्दछ । त्यसैगरी, दूध, दही, सलाद, हरियो साग–सब्जीहरू, प्रोटिन, अमला आदि बस्तु आफ्नो खानामा समावेश गर्नुपर्दछ।

– मानसिक तनावबाट बच्न सकेमा कपाल फुल्नबाट बचाउन सकिन्छ ।

– अलिभ आयललाई लौकाको जुसमा मिक्स गर्नुपर्छ। यसलाई राम्रोसँग मिचेर कपालको जरासम्म पुग्ने गरी लगाउनुपर्दछ। कम्तीमा एक घण्टा राखेपछि कपाल पखाल्दा कपाल फुल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।

– आफ्नो डाइटमा प्रोटिन र आइरनको मात्रा क्वान्टिटी बढाउनु पर्दछ।

– दैनिक एउटा अण्डा खाने गरेमा कपाललाई स्वस्थ राख्न मद्दत गर्दछ । अण्डा नभए यसको साटो पनीर पनि प्रयोग गर्न सकिन्छ ।

– यदि तपाईको कपाल बेसमयमै फुल्ने समस्या छ भने यो (हेरिडिटी बंशानुगत) हो भने यसको उपचार मुश्किल छ । यस्तोमा मेहन्दीमा अमला, शिकाकाईको पेस्ट बनाएर हरेक हप्ता कपालमा लगाउनु राम्रो हुन्छ । यसले गर्दा कपाल सेतो हुने क्रम घट्दै जान्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया