असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना भाइरसका कारण एकै दिन अढाई सयको मृत्यु, १५ सय ‘सिरियस’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनमा कोरोना संक्रमणबाट एकै दिन झन्डै अढाई सय जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार बिहान दिएको जानकारीअनुसार बुधबार मात्रै हुबेई प्रान्तमा कम्तीमा २४२ व्यक्तिको मृत्यु भएको हो।

कोरोनाको संक्रमण सुरु भएयताकै यो ठूलो संख्या हो। यो संख्या मंगलबारको भन्दा दोब्बर हो। मंगलबार ९४ जनाको मात्र मृत्यु भएको थियो ।

त्यस्तै मंगलबारभन्दा बुधबार संक्रमित हुनेको संख्या १० गुणाले बढेको छ।

बुधबार थप १४ हजार ८ सय ४० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।

हुबेईमा मात्रै संक्रमितको संख्या ४८ हजार नाघेको छ। हुबेईमा ३३ हजार ६ सय ९३ जना अस्पताल भर्ना भएको र तीमध्ये १ हजार ४ सय ३७ जनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

हुबेईसहित चीनका विभिन्न प्रान्तमा गरी ५९ हजारभन्दा बढी मानिसलाई यसको संक्रमण भइसकेको छ भने विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा ५ सयभन्दा बढी संक्रमित छन्।

अहिलेस‍म्म यसको संक्रमणबाट १ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ। तीमध्ये दुई जना मात्रै चीनबाहिरका छन्। कोरोना संक्रमणबाट चीनबाहिर फिलिपिन्स र हङकङका एकरएक जनाको मृत्यु भएको हो।

त्यस्तै करिब ६ हजार जना उपचारपछि निको भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

यसैबीच ‘कोभिड–१९’ को संक्रमण रोक्ने उपायबारे छलफल गर्न स्विट्जरल्यान्डको जेनेभामा विश्वका वैज्ञानिक जम्मा भएका छन्।

विश्व स्वास्थ संगठनका प्रमुख घेब्रेयसुसले ‘यथेष्ठ स्रोतसाधनपरिचालन गर्न सके भाइरसको संक्रमण थप फैलनबाट रोक्न सकिने’ बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया