असार २६, २०८२ बिहिबार July 10, 2025

जनयुद्ध तथा जनआन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रममा गएनन् ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनयुद्ध तथा जनआन्दोलनका सहिदहरूको सम्झनामा बिहीबार बिहान भइरहेको कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

माओवादी जनयुद्ध सुरु भएको दिन फागुन १ गते पारेर आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली जाने कार्यक्रम तय भएपनि अन्तिममा रद्द गरिएको बालुवाटार स्रोतले जनाएको छ।

‘फागुन ३ गते सरकारले दुई पूरा गर्दैछ, प्रधानमन्त्री ओली ३ गते हुने कार्यक्रमको तयारीमा जुटनु भएकाले आजको सहिद स्मृति दिवसमा सहभागी हुने कार्यक्रम छैन’, प्रधानमन्त्री ओलीको नीजि सचिवालयका एक जना सदस्यले भने।

नेकपाले आधिकारिक रुपमा आज (बिहीबार) को कार्यक्रमलाई ‘जनयुद्ध दिवस’ नभनेर ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरूको सम्झानामा आयोजना गरिएको स्मृति दिवस’ भनेको छ। तर पूर्वमाओवादी पक्षले भने पहिलेदेखि फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएकाले त्यही भन्दै आएको छ।

पार्टी एकता भएपनि अघिल्लो वर्ष यो कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री ओली यसपाली सहभागी हुने बताइएको थियो। तर अन्तिम समयमा ओली सहभागी भएनन्।

पार्टी कार्यालय धुम्बाराइमा भइरहेको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायत सहभागी भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार