कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

चार अर्ब १७ करोड राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८-७९ मा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिनुभयो ।

आव २०७८-७९ मा कार्यालयले रु चार अर्ब २४ करोड ७४ लाख ६९ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ ।

भद्रपुर कार्यालयबाट रु तीन अर्ब सात करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत रु ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा कार्यालयमार्फत रु ५२ करोड ८९ लाख ७० हजार गरी कूल रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो ।

कार्यालयले आयकरबापत रु एक अर्ब ८७ करोड ३१ लख ५८ हजार, बहाल करबापत रु चार करोड २० लाख ४४ हजार, ब्याज करबापत रु ६ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ७० करोड सात लाख १० हजार, अन्तःशुल्कबापत रू ४८ करोड ७८ लाख ८४ हजार र शिक्षा सेवा शुल्कबापत रू ९७ हजार राजस्व सङ्कलन गरेको छ ।

विभिन्न सात शीर्षकमा कर सङ्कलन गर्दै आएको कार्यालयले स्वास्थ्य सेवाबापत रु १० लाख ९० हजार ६९० राजस्व सङ्कलनको लक्ष्य पाए पनि कर सङ्कलन शून्य रहेको छ ।

अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताउनुभयो ।

“सबै उपाय अपनाएर राजस्व असुलीलाई करिब शत्प्रतिशतकै हाराहारीमा ल्याउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “समग्रमा राजस्व असुली सन्तोषजनक नै छ ।”

करदाता सचेतना अभिवृद्धि गर्न सरोकारवालाहरुसँग अन्तरक्रिया र १२ वटा करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको उहाँको भनाइ छ ।

ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार