असार २६, २०८२ बिहिबार July 10, 2025

शान्ति प्रक्रियामा नआएको भए गोञ्जालो र लिट्टेजस्तो हालतमा पुगिन्थ्यो : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धको नक्कल अब सम्भव नभएको बताएका छन्।

बिहीबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष प्रचण्डले विप्लवलाई संकेत गर्दै फेरि पुरानै प्रकारको जनयुद्ध सम्भवन नभएको बताएका छन्। ‘केही साथीहरु जनयुद्धको नक्कल गर्न लाग्नु भयो, त्यो सम्भव छैन’, उनले भने।

अध्यक्ष प्रचण्डले आफूहरुले समय र परिस्थितिको मूल्यांकन गर्दै जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आएको बताएका छन्। सोही अवस्थामा जनयुद्ध अगाडि बढाएको भए थप क्षति व्यहोर्नुपर्ने उनको दावी थियो।

‘जनयुद्धलाई थप अगाडि बढाएको भए पेरुको गोञ्जालो र श्रीलंकाको लिट्टेजस्तो हालतमा पुगिन्थ्यो’, अध्यक्ष प्रचण्डले भने।

शान्ति प्रक्रियामा आएर राक्रो गरेको भए पनि २०७० को दोस्रो संविधानसभाको चुनावमा कमजोर भएपछि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरिएको उनको भनाई थियो। समाजवादको बाटोका अगाडि बढ्न यो एकता अपरिहार्य भएको रविचार र नेतृत्व भएकै कारण एकता टुंगोमा पु¥याइएको उनको भनाई थियो।

कार्यक्रममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सहभागी हुने भनिए पनि उनी सहभागी भएनन् भने वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पनि उपस्थित भएनन्। कार्यक्रममा पूर्व एमाले पक्षका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल भने उपस्थित थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार