काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।
आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।
नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ ।
यसैगरी साउथ अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया