असार ३०, २०८२ सोमबार July 14, 2025

यु-२० पुरुष फुटबल च्याम्पियनसिप – नेपालले भारतसँग प्रतिष्पर्धा गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा जारी साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले साविक विजेता भारतसँग प्रतिष्पर्धा गर्दैछ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो। भारतविरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ।

पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन चाहन्छ। भारतलाई हराएर लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिनेछ।

यसअघि भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो भने श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो। नेपालको २ खेलबाट ६ अंक छ।

नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार खेल्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार