काठमाण्डौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतिताेला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतिताेला ९४ हजार ९०० रुपैयाँ छ।
हिजाे आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियाे।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतिताेला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हजिो आइतबार चाँदीको मूल्य प्रतिताेला १२ सय ३० रुपैयाँ थियाे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया