असार २५, २०८२ बुधबार July 9, 2025

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट  मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको  पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए ।

ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७.४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए । ह्याकरहरूले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको ट्वीटको स्क्रिनसट पनि सेयर गरेका थिए । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया