असार २१, २०८२ शनिबार July 5, 2025

अनाथालयमा भीषण आगलागी, १५ बालबालिकाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अफ्रिकी देश हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो ।

आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

अमेरिकाको क्रिष्टियन समूहले सञ्चालन गरेको सो अनाथालयले औपचारिक मान्यता भने पाएको थिएन । हैटीमा आधिकारिक स्वीकृति बिना नै सञ्चालन भएका यस्ता धेरै अनाथालय छन् ।

जीवित रहेका बालबालिकाहरुलाई सहयोग गर्ने तथा उनीहरुका लागि बासको व्यवस्था गर्ने प्रक्रिया जारी रहेको स्थानीय अधिकारीले बताएका छन् । आगलागी भएका बेला सो अनाथालयमा ६० जना बालबालिका थिए ।

अमेरिकाको पेन्सिलभेनियाको चर्चले सो अनाथालय सञ्चालन गर्दै आएको थियो । राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिणमा रहेको अनाथालयमा बिहीबार बेलुका आगलागी भएको हो ।

जेनेटर बिग्रिएपछि उज्यालोका लागि मैनबत्ति बालिएको थियो । त्यसैबाट आगलागी सुरु भएको अनाथालयका अधिकारीले बताएका छन् । दुईजनाको घटनास्थलमै तथा निसास्सिएका १३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया