कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नागपोखरीमा मेला, दूधले अभिषेक गरी पूजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भक्तपुरको नागपोखरीमा नागको पूजा गरी दूधले अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन यहाँ मेला लाग्दै आएकामा दुई वर्ष कोरोना सङ्क्रमणका कारण रोकिएको थियो ।

यस वर्ष आज भक्तपुरको नागपोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्यरुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् ।

त्यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ । स्थानीयवासीले दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरी मेला भरेका हुन्छन् । कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको नाग पञ्चमीको मेला भने यस वर्ष भव्य रुपमा मनाइएको हो ।

त्यसैगरी भक्तपुरको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि स्थानीय र भक्तजनको मेला लागेको छ ।

चाँगुनारायण मन्दिर आसपासका बासिन्दाले चाँगुनारायण मन्दिर पुगेर पूजा एवं दर्शन गरेपछि मात्रै आफ्नो घरमा नाग टाँस्ने चलन रहेको छ । बिहानैदेखि भीड लागेको यस मन्दिरमा आजै मध्यपुरथिमिबाट गएको गुँला बाजाले मन्दिर प्रदक्षिणासमेत गरेको छ ।

आज प्रत्येक घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नाग पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवले दुःख नदिने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार