असार ३०, २०८२ सोमबार July 14, 2025

विश्व कप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत खेलाडीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद रकम पनि प्रदान गरिएको थियो। प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ ।

आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिए ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले यस्ता प्रतियोगिताहरुले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवद्र्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गरे ।

कार्यक्रममा विश्व कप क्यारेम एसोसिएशनका महासचिव विवेक देशनारायण, बङ्गाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसिएशन पश्चिम बङ्गालका सचिव सञ्जीव धोस लगायतले विश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

अल नेपाल क्यारेम एसोसिएशनकी अध्यक्ष विनिता अर्यालले विश्व कपमा सहभागी हुने नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार