काठमाण्डौंः नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
योसँगै सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो। बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया