काठमाडौं । स्वास्थ्यमा समस्या आएका कारण लामो देखिएपछि उपत्यकाबाहिर नगएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहजिल्ला झापा पुगेका छन्।
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि आइतबार बिहान झापा पुगेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका सदस्य इन्द्र भण्डारीले प्रधानमन्त्री ओली दशैँपछि पहिलोपटक गृहजिल्ला झापा पुगेको बताएका छन।
‘दशैँको शुभकामना आदाप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएको थियो, त्यसपछि अहिले आउनुभएको हो’, भण्डारीले भने। उनले प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन। प्रधानमन्त्री ओली झापा क्षेत्र नम्बर ५ बाट संघीय संसदमा निर्वाचित भएका थिए।
प्रधानमन्त्री ओलीले आजै दमक–रवि चिसापानी सडकको शिलन्यास, झापा, मोरङ जोड्ने मावा खोलाको पुल उद्घाटन, दमक कृष्ण मन्दिर–बेलडाँगी जाने सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको सचिवालयसदस्य भण्डारीले बताएका छन। त्यस्तै प्रधानमन्त्री आवासय कार्यक्रम अन्तर्गत रहेका विभिन्न आवासहरु हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको उनले बताएका छन।
प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया