असार २१, २०८२ शनिबार July 5, 2025

केजरीवालले लिए दिल्लीको मुख्यमन्त्रीको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अरविन्द केजरीवाल तेस्रोपटक भारतको राजधानी रहेको राज्य दिल्लीको मुख्यमन्त्री बनेका छन्। आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलिला मैदानमा भएको विशेष समारोहमा मुख्यमन्त्रीको शपथ लिएका हुन्।

उनलाई उपराज्यपाल अनिल बैजलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। केजरीवालपछि मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र गौतमले मन्त्री पदको शपथ लिएका छन्।

केजरीवालको मन्त्रीमण्डलमा महिला सदस्य भने छैनन्। यस विषयलाई लिएर विरोध भएको छ। केजरीवालले शपथ ग्रहणमा सहभागी हुनका लागि कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाएका थिएनन्।

आपले शपथ ग्रहण समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो। तर मोदी आफ्नो संसदीय क्षेत्र वाराणसी गएका छन्। दिल्लीका सातै सांसद, सबै निगम पार्षद, भाजपा तथा कांग्रेसका प्रदेश अध्यक्षलाई पनि निमन्त्रणा दिइएको थियो।

दिल्ली विधानसभा चुनावमा लगभग एकतर्फी जस्तै जित हासिल गरेको आम आदमी पार्टी (आप) लगातार तेस्रोपटक दिल्लीको सत्तामा फर्किएको हो।

केजरीवालले यसअघि २०१३ को डिसेम्बर, २०१५ को फेब्रुअरीमा दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार