असार ३०, २०८२ सोमबार July 14, 2025

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेट ६० करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बजेट ६० करोड रुपियाँ छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङले नवौं खेलकुद तोकिएको समयमा हुने र यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

‘तोकिएको समयमै राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न मिति तय भएको हो । मन्त्री परिषद्ले तोकेको मितिमा प्रतियोगिता सम्पन्न गर्नुको विकल्प छैन । नवौंका लागि अर्थ मन्त्रालयले ६० करोड रुपियाँ बजेट स्वीकृत गरिसहेको छ,’ घिसिङले भन्नुभयो ।

राखेपले नवौं राष्ट्रिय खेलकुदमा समावेश खेलहरु पोखरा केन्द्रित हुने पनि जनाएको छ । यसअघि गण्डकी प्रदशेको ११ वटै जिल्लामा कम्तीमा एक खेल आयोजना गरिने बताइएको थियो । सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार र संरचना भएको तथा प्राविधिक समितिले उपयुक्त ठानेको ठाउँमा प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो ।

‘हामी सकेसम्म सबै खेल पोखरामा गर्नेछौं । अन्य जिल्लामा गर्न हुन्न भन्ने होइन । तर संरचना र व्यवस्थापनको दृष्टिले गाह्रो हुने कुरालाई ध्यान दिनु आवश्यक छ । त्यसैले अधिकांश खेल पोखरामा गर्न लागेका हौं । आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्था भएमा विकल्प सोचिनेछ,’ नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजकसमेत रहनु भएका घिसिङले भन्नुभयो । खेल स्थल बारेमा प्राविधिक समितिले अध्ययन गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

पोखरामा पौडी र सुटिङ खेलका लागि आवश्यक संरचना नभएकोले काठमाडौंमा हुन सक्ने बताइएको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुनेछ । राखेपले प्रतियोगिताका लागि विभिन्न समिति र उपसमितिहरु तय गरिसकेको छ । नवौं खेलकुदमा ३६ नियमित र दुई वटा प्रदर्शनी गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

जसमा सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोलीको सहभागिता रहनेछ । सहभागी टोली र खेलाडीले कूल ३ सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ । सोही सङ्ख्यामा रजत र ६ सय १ कांस्य पदक हुनेछ । सर्वाधिक पदक जित्ने टोली टिम च्याम्पिन बन्नेछ । टिम च्याम्पियनले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी हात पार्नेछ ।

राखेपले नवौं राष्ट्रिय खेलकुदमा एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेत खेलाडीलाई २५ हजार, टिम स्पर्धामा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रत्यके टोलीमा ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटासमेत निर्धारण गरिएको छ । राखेपले नवौंमा भाग लिन भदौ १५ गतेभित्र खेलाडी सङ्ख्या र २५ गतेभित्र खेलाडीको नाम दर्ता गराइसक्न सहभागी टोलीलाई पत्राचार गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार