असार २५, २०८२ बुधबार July 9, 2025

ताइवान चिनियाँ भूमि: विदेशमन्त्री वाङ यी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवान संयुक्त राज्य अमेरिकाको हिस्सा नभएर चिनियाँ भूमि भएको बताएका छन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिकी नीतिविरुद्धको पछिल्लो कूटनीतिक आलोचनामा आह्वानमा विदेशमन्त्री वाङ यीको उक्त भनाइ आएको हो ।

बंगलादेश भ्रमणमा रहेका विदेशमन्त्री यीले अमेरिका ताइवान मामिलामा संलग्न भएको आरोप लगाए । ताइवानमा चीनको कार्यहरू न्यायसंगत, उपयुक्त र कानुनी हुनुका साथै देशको पवित्र सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्य रहेको उनले दाबी गरे ।

पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ । एसिया भ्रमणका क्रममा सभामुख पेलोसी यसै साता ताइवानको भ्रमण गरेकी थिइन् । अमेरिकाले आगोसँग खेलेको चीनले टिप्पणी गरेको थियो । उनको भ्रमण लगत्तै चिनियाँ जनसेनाले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया