असार २६, २०८२ बिहिबार July 10, 2025

मिडियाले सरकारका सकारात्मक कामलाई स्थान दिएन : अर्थमन्त्री खतिवडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियाले सरकारका सकारात्मक कामलाई स्थान नदिएको गुनासो गरेका छन्।

हरिहर भवन ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सरकारकै मिडियाले समेत निष्पक्षता र तटस्थताको नाममा सरकारका कामलाई बेवास्ता गरेको आरोप लगाएका हुन्।

उद्घाटन कार्यक्रममा उनले भने, ‘विपक्षीलाई फोरम हुन्छ, सरकारको हुँदैन। सरकारकै मिडिया कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन्छन्। सरकारलाई पनि फ्लोर दिनुहोस्।’ नवनिर्मित तालिम केन्द्र गतिशील, आधुनिक ज्ञानसीप प्रयोगको थलोको रुपमा विकास हुनुपर्नेमा उनले सुझाव दिएका छन।

दुई वर्षमा औसतभन्दा माथि वृद्धि गर्न सफल
त्यस्तै, दुई वर्षमा औसतभन्दा माथि वृद्धि गर्न सफल भएको बताएका छन्। उक्त अवधिमा समाजको रुपान्तरण, आर्थिक वृद्धि लगायतमा सरकारले कामकारबाहीलाई थप बढाउनुपर्ने रहेछ भन्ने बुझेको अर्थमन्त्री खतिवडाले बताएका छन। उनले भने, ‘६ प्रतिशत लक्ष्य राखेर १६ प्रतिशत मूल्यवृद्धि हुँदा पनि समाज चुप लागेको देखेका हौँ। कसै कसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेका छन्, ६ प्रतिशत माथि पुगिसकेको छ। अंक, अनुभूति र त्यसको प्रभावले नै त्यो देखाइरहेको छ।’

उनले सार्वजनिक क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरेका छन। उनले भने, ‘०६७/०६८ सालमा बैंकका सीईओको भाउ कुनै बेलाको सेयरबजारको जस्तो महिनौँ पिच्छे भत्ता तलब सुविधा बढ्नथाल्यो। अस्थिरता पैदा भयो। मैले राष्ट्र बैंकमा रहँदा तलब र थप सुविधाचाहिँ परफरमेन्समा आधारित हुन्छ भनेर नियम ल्याएँ।’

सुधारको कुरा गर्दा त्यतिबेला आफूलाई एमालेको दर्शन लगाउनथाले समेत भन्न थालिएको उनले सम्झिए। तालिम केन्द्रले समसामयिक विषयमा बहस चलाउनुपर्ने उनको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार