असार २५, २०८२ बुधबार July 9, 2025

युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः २४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसी नागरिकको मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीनदेखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए ।

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी गरेका छन् । रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिरहेको बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया