असार ३०, २०८२ सोमबार July 14, 2025

अष्ट्रेलियाली कप्तान मेगले क्रिकेटबाट लिइन अनिश्चतकालिन विश्राम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियाको महिला क्रिकेटकी कप्तान मेग ल्यानिङले व्यक्तिगत कारण देखाउँदै क्रिकेटबाट अनिश्चत समयका लागि विश्राम लिएकी छिन् ।

अष्ट्रेलियाले सन् २०२० र २०२२ मा भएको टि–२० र एकदिवसीय विश्वकपको उपाधि जित्दाको महत्वपूर्ण सदस्य रहेकी ल्यानिङले हन्ड्रेड गुमाउने भएकी छिन् ।

उनी हन्ड्रेडमा टे«न्ट रकेट्समा अवद्द छिन् । अष्ट्«लियाको घरेलु सिजन सेप्टेम्बरको अन्त्यमा राष्ट्रिय महिला क्रिकेट लिग तथा अक्टोबरमा वुमन्स बीग बास लिग हुँदैछ ।

अष्ट्रेलियाले अवे श्रृंखलाको रुपमा डिसेम्बरको मध्यतिर भारतमा टि–२० सिरिज खेल्दै छ भने दक्षिण अफ्रिकामा हुने टि–२० विश्वकप अघि जनावरीमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

केही वर्षको व्यस्तता पछि, आफैमा ध्यान केन्द्रित गर्नका लागि विश्राम लिएको बताएकी छिन् । उनले क्रिकेट अष्ट्रेलिया र टोलीका साथीहरुको समर्थनका लागि आभारी रहेको बिताएकी थिइन् ।

अष्ट्रेलियाको महिला क्रिकेटको प्रमुख सदस्य शान फ्लेग्लरले मेगलाई विश्राम चाहिन्छ भनेर स्वीकार गरेकोमा आफुहरु गर्व गर्ने र यस समय उनलाई समर्थन गर्ने बताएकी छिन् ।

त्यस्तै मेलवर्न स्टार्सका महाप्रबन्धक ब्लेयर क्राउचले मेगले क्रिकेटबाट ब्रेक लिने निर्णयमा आफुहरुको साथ रहने र उनलाई आवश्यक पर्ने समय दिने बताएका छन् ।

ल्यानिङले सन् २०१० मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी हुन् । सन् २०१४ मा उनी २१ वर्षको उमेर कप्तानको जिम्मेवारी दिइएको थियो ।

उनले अष्ट्रेलियाबाट सबै फम्र्याट गरेर १७१ खेल खेल्दा १३५ मा अष्ट्रेलिया विजयी भएको छ । २०१७ देखि उनले केवल पाँच अन्तराष्ट्रिय खेल गुमाएकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार