असार ३०, २०८२ सोमबार July 14, 2025

तीन महिनापछि नेपाल संस्कृत विश्वविद्यालयको ताला खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तीन महिनापछि नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला खुलेका छ । १४ बुँदे माग राख्दै नेपाल विद्यार्थी संघले लगाएको ताला उच्च अदालत तुलसीपुरले विश्वविद्यालयमा लागेको ताला खोल्न अन्तरिम आदेश जारी गरेपछि तीन महिनापछि खोलेको हो ।

पठनपाठनमा असर पुगेको भन्दै उच्च अदालत तुलसीपुरले साउन २२ गते आइतवार विश्वविद्यालयमा लागेको ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो । विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले मुद्दा दायर गरेको थिए ।

अदालतको आदेशको सम्मान गर्दै उपकुलपति कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहातमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखाको कार्यालयको ताला खोलिएको विश्वविद्यालयको आन्दोलरत विद्यार्थी संघले जनाएको छ ।

आन्दोलनतर नेविसंघले १४ बुदे माग राख्दै वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएका थिए । विश्वविद्यालयमा दीक्षान्त तीन महिनाभित्र हुनेपर्ने, विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रावृति दुई सय प्रतिशतसम्म वृद्धि गर्नुपर्ने, आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने, विद्यार्थीहरुको छात्रवृत्ति दुई सय प्रतिशतले वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया