काठमाडौंः प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९ ०८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको निशुल्क छात्रवृत्ति प्रवेश परीक्षाका लागि आवेदन फारम खुला गरेको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति विवरण एंव भर्ना सम्बन्धी निर्देशिका २०७९ बमोजिम परीषद्बाट सञ्चालित शिक्षालयहरुमा निर्धारण गरीएको निशुल्क छात्रवृक्ति कोटामा भर्नाका लागि प्रवेश परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।
उक्त कोटामा भर्ना हुन चाहने योग्यता पुगेका नेपाली नागरीकहरुले भदौ ९ गतेसम्म रीतपूर्वक आवेदन फारम भरी परिषद्को कार्यालय आइपुग्नेगरी आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया